News Portal

पोखरामा एटीएम मेसिन फुटाउन खोज्ने धादिङका नेपाली पक्राउ

पोखरामा एटीएम मेसिन फुटाउन खोज्ने धादिङका नेपाली पक्राउ

फेवाखबर संवाददाता
३२६ पटक

पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका– ३ घर भई हाल पोखरा महानगरपालिका– ९ बस्ने २३ वर्षीय रुपेश नेपाली छन् । मंगलबार बिहान साढे २ बजेतिर जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए । तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्