News Portal

सूर्य दर्शन सहकारी ठगी मुद्दामा थप एकजना पक्राउ

फेवाखबर संवाददाता
३७२ पटक

पोखरा
सूर्य दर्शन बचत तथा श्रण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा सुनसरी इनरुवा नगरपालिका ५ का सहकारी सञ्चालक समितिका सदस्य ३० वर्षीय प्रमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्की ल्याई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्