करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताए । उनले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर संचालन हुनुपर्ने बताए ।यसैगरी कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एंव आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक बिनोद बहादुर कुँवरले कर प्रशासनमा दिनानुदिन सुधार हुँदै आइरहेको बताउँदै कर प्रशासनलाई अन्तराष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिए।यसैगरी आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिजालले करले तत्काल लाभ दिएको नदेखिएतापनि लिर्घकालीन लाभ प्रदान गर्ने बताउनुभयो । करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको समापन कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाताप्रति हार्दिक आभार व्यक्त गरें। उहाँले कार्यालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरें ।कार्यकममा बोल्दै उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन कुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र चेम्बर अफ कमर्श पोखराका अध्यक्ष यमनाथ पौडेलले कर प्रशासन व्यवसायमैत्री बन्नुपर्नेमा जोड दिदै राज्यले व्यवसायीक वातावरण सुधार गर्न आवश्यक पहल कदमी गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गरिएको छ। जसमा बैंक तथा वित्तिय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, व्यापार तर्फ माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वर्क्स प्रालि र उद्योग तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स प्रालि सम्मानीत भएका छन् । कार्यक्रममा उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरी गौतमलाई सम्मान गरिएको छ।