News Portal

सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

फेवाखबर संवाददाता
३५३ पटक

पोखरा
सशस्त्र प्रहरी बल एपीएफ पर्साका एक सशस्त्र प्रहरी उपरीक्षक एसपीको निधन भएको छ। १३ नम्बर गण पर्सामा कार्यरत एसपी सुमन थपलियाको शनिबार दिउँसो निधन भएको हो।

उनी अचानक ढलेपछि अस्पताल पुर्‍याइएको थियो। उनलाई वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालले दिउँसो १ बजे मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ।

उनको हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ। उनले २०६० सालमा इन्सपेक्टरबाट सेवा सुरु गरेका थिए। उनको स्थायी घर नुवाकोट हो। उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए।

 

प्रतिकृया दिनुहोस्