News Portal

पोखराकी अनिशालाई रामा यादव पत्रकारिता पुरस्कार

पोखराकी अनिशालाई रमा यादव पत्रकारिता पुरस्कार

फेवाखबर संवाददाता
३७३ पटक

पोखरा । मधेस प्रदेशको ‘रामा यादव पत्रकारिता पुरस्कार–२०७९’ पोखराकी सञ्चारकर्मी अनिशा   श्रेष्ठ र २०८० प्राइम टेलिभिजनकी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।

रौतहडको रेड टेलिभिजनकी सञ्चालिका रामादेवी यादवको कोरोना संक्रमणले मृत्यु भएपछि उनको स्मृतिमा स्थापित पुरस्कार सुनार  र शर्मालाई प्रदान गरिएको हो ।

यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा पोहोर नै पुरस्कार घोषणा गरिएको हो । स्थानीय तह निर्वाचनको बीचमा परेका कारण अघिल्लो वर्ष पुरस्कार वितरण गरिएको थिएन । दुवै वर्षको पुरस्कार शुक्रबार प्रदान गरिएको छ । पुरस्कारको राशि २६ हजार ५ रुपैयाँ छ ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दुवैजनालाई पुरस्कार प्रदान गरे । अध्यक्ष यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मीले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउन प्राधिकरणको स्थापना गरिएको बताए ।

उनले पत्रकारिता पेसा समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरीतिहरुलाई हटाउँदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा पुरस्कृत सञ्चारकर्मी श्रेष्ठले सम्मान र पुरस्कारले कार्य क्षेत्रमा खटिने थप हौसला प्रदान गरेको धारणा राखिन् । समाजले हेर्ने दृष्टिकोण, कार्यक्षेत्रमा हुने विभिन्न खाले असुरक्षालाई पनि प्रतिवाद गर्दै सञ्चारकर्ममा लागेका महिलाहरुको हितका लागि राज्यले विशेष योजना ल्याउनु पर्ने पनि उनको भनाइ थियो ।
पुरस्कृत श्रेष्ठ राको सिटी वान टेलिभिजनमा कार्यरत छन् । हेल्थ अपडेट मासिकको प्रधान सम्पादक उनी स्वास्थ्य पत्रकार संघ गण्डकीको महासचिव हुन् ।

प्रतिकृया दिनुहोस्