News Portal

संसदिय पत्रकार मञ्च गणडकीको अध्यक्षमा भरतराज कोइराला निर्वाचित

संसदिय पत्रकार मञ्च गणडकीको अध्यक्षमा भरतराज कोइराला निर्वाचित

फेवाखबर संवाददाता
४९८ पटक

संसदीय पत्रकार संघ गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन ।

मंगलबार संघको चौथो वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी रोहित राज पराजुलीलाई चार मतान्तरले कोइराला पछाडि पारेका हुन । जम्मा २० मतमा भरत कोइरालाको पक्षमा १२ र रोहित राज पराजुलीको पक्षमा ८ मत खसेको थियो । कोइराला आदर्श समाज राष्ट्रिय दैनिकका सम्पादक हुन् ।

यस्तै उपाध्यक्षमा विशन क्षेत्री, सचिवमा तारा पौडेल, कोषाध्यक्षमा उमा आले र सदस्यहरुमा युवराज श्रेष्ठ,उमेश पुन,युवराज गुरुङ,ऋषिराम बराल निर्विरोध चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्