Skip

Click here to see more…

News Portal

‘कोर टिम’को नाममा ढाकाले बार्गेनिङ गर्दैछन्ः सभापति लामिछाने

‘कोर टिम’को नाममा ढाकाले बार्गेनिङ गर्दैछन्ः सभापति लामिछाने

फेवाखबर संवाददातापाेखरा ,चैत ३०, २०७९
२४७ पटक
पाेखरा ,चैत ३०, २०७९

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठ पार्टीको साधारण सदस्यबाट समेत निष्काशनमा परेका छन् ।

 

यस विषयमा पार्टीले पत्रकार सम्मेलन गर्दै सांसद श्रेष्ठले आफुलाई नजोगाए पैसा माग्ने कोर टिमको खुलासा गर्ने बताएको सभापति रवि लामिछानेले जनाएका छन् । पत्रकारसमक्ष सभापति लामिछानेले भने ‘ढाकाजीले कोर टिमबारे सार्वजनिक गरिदिन्छु भनेका छन्, तर कोर टिम भनेको के हो ? को हो ? मैले बुझेको छैन ।’

 

कोर टिम भनेको पार्टी स्थापनाको टिम हो वा सचिवालयको टिम हो आफुल बुझ्न नसकेको लामिछानेले जनाए । अनुशासन कमिटीसमक्ष श्रेष्ठले आफ्नो स्वर नरहेको बताउँदै आफुलाई पार्टीले बचाउनु पर्ने धारणा राखेका थिए ।

‘उहाँ (ढाकाकुमार) बार्गेनिङ गर्ने लेभलमा आउनु भएको छ’ लामिछानेले भनेका छन् ‘म सकिए भने छाड्दिन, कोर टिमको नाम भन्ने छु भनेर कुरा गर्नुभयो ।’

 

निष्काशनपछि पत्रकारसँग श्रेष्ठले कोर टिमको तथ्यसहित सार्वजनिक गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्