News Portal

पोखरा महानगर वन महासंघको अध्यक्षमा भुजेल

पोखरा महानगर वन महासंघको अध्यक्षमा भुजेल

फेवाखबर संवाददातापोखरा ।
१४५ पटक
पोखरा ।

सामुदायिक उपभोक्ता महासंघ नेपाल पोखरा महानगरको आज सम्पन्न दोश्रो अधिवेशनले कमलकुमार भुजेलको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयान गरेको छ ।

विधान अनुसार पदाधिकारी सहित ५० प्रतिशत महिला सहभागिता हुनु पर्ने महासंघको सो अधिवेशनले उपाध्यक्षमा भरत आचार्य, सचिवमा सिता सापकोटा, कोषाध्यक्ष जमुना सुवेदीलाई निर्वाचित गरेको छ ।

समितिको सदस्यहरुमा नारायणी चापागाई, टंकप्रसाद सुवेदी, भोलानाथ त्रिपाठी,घनश्याम कुँवर, ममता कोइराला, ज्योति पौडेल,चिनादेवी लामिछाने, बिष्णु सुवेदी, भिमबहादुर गुरुङ, गंगादेवी भण्डारी, हरिमाया गिरी, मनु वस्नेत र सनत कुमार बराल रहेका छन् ।

त्यसैगरी हरिप्रसाद बास्तोला, दिनेश श्रेष्ठ, जितबहादुर बस्नेत र रामचन्द्र त्रिपाठी, सुनमाया नेपाली, शिवकुमारी खनाल पौडेल, पार्वती सुवेदी र चिनादेवी लामिछानेलाई प्रदेश प्रतिनिधि चयन गरेको अधिवेशनले मेघनाथ पराजुली, रमेश विश्वकर्मा, कमलमणी त्रिपाठी, विश्वनाथ लामिछाने र पार्वती सुवेदी,शोभा आचार्य र मिरा अधिकारीलाई जिल्ला प्रतिनिधिमा निर्वाचित गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले अधिवेशनको उद्घाटन गर्दै महिला वर्गको नेतृत्व विकासमा वन महासंघ कोशेढुङ्गा सावित भएको उल्लेख गरिन् ।

अर्का केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले पाँच दशक अघि स्वीडेनको स्टकहोममा भएको विश्व वातावरण सम्मेलनले नेपालमा उच्च वन विनास भएको कारण मरुभूमी हुने निश्कर्ष सहितको प्रतिवेदनले सामुदायिक वनको प्रकृया थालनी भएको चर्चा गरे ।

सरकार र कर्मचारीबाट वनको विनाश नरोकिने अवस्था श्रृजना भएसंगै सम्वन्धीत स्थानीय समुदायलाई हस्तान्तरण गर्ने अवधारणा अनुसार वनको संरक्षण भई हराभरा भएको बताउँदै उनले छोराछोरी जस्ता संरक्षण गरेको वनबाट हरित रोजगार सृजना गर्नुको विकल्प नभएको बताए ।

मुलुकमा हाल २२ हजार ४३३ सामुदायिक वन समूहका ३० लाख घर परिवारले २२ लाख ३७ हजार ६७० हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन गर्दै आएको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ समावेशी सहभागिको अवधारणाले समाजका विपन्न, उत्पिडीतको उत्थानमा महत्वपूर्ण भूमिका पुगेको महासंघका केन्द्रीय सदस्य सुनमाया नेपालीले जानकारी दिए ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वनलाई उत्पादनसंग जोडनु पर्ने जोड दिंदै मानव बन्यजन्तु द्धन्द अन्त्यका लागि तीनै तहका सरकार जिम्मेवार बन्नु पर्ने आवश्यकता औल्याए ।

वन समुहको विधान र कार्ययोजनाका आधारमा वन पैदावार निकाशी गर्नुपर्ने बताउँदै उनले दिगो वन व्यवस्थापनबाट मात्र वन क्षेत्रको संरक्षण, प्रद्र्धन र उपयोग गर्नु पर्ने आवश्यकता औल्याए ।

महानगर महासंघका अध्यक्ष कमलमणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष विश्वनाथ लामिछाने, महानगर सचिव कृष्णकुमारी पौडेल, सदस्य रमेश विश्वकर्मा लगायतले वनलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्