News Portal

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन

फेवाखबर संवाददातापोखरा ।
१५४ पटक
पोखरा ।

होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशन शनिबार र आइतबार पोखरामा हुने भएको छ ।

होटल, रेष्टुरेन्ट, तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता संगठनको रुपमा रहेको संस्थाले प्रथम महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा महासचिव देवेन्द्र लम्सालले जानकारी दिए । अधिवेशनसंगै संस्थाको भावी कार्यक्रम र योजनासमेत तर्जुमा गर्ने उनले बताए ।

महाधिवेशनमा गण्डकीका ११ जिल्लाकै जिल्ला संघ र स्थानीय तह इकाइ गरि करिब एक सय २० जना प्रतिनिधिले भाग लिनेछन् ।

महासचिव लम्सालले संस्थागता विकासका लागि महाधिवेशन निकै महत्वपूर्ण रहेको बताए । उनले संस्थाको गरिमा बढाउनका लागि प्रदेशको कला, संस्कृति र पहिचात झल्काउने समुदायगत सांस्कृतिक झाँकी समेत प्रदर्शनी गर्ने सुनाए ।

महासंघमा पर्यटन व्यवसायसंग आबद्ध १५ वटा व्यवसायिक संस्था समेत आबद्ध रहेको छ । प्रदेशभित्र करिब ६ हजार ५० होटल रहेको र करिब ५४ हजार पाँच सय जनाले रोजगार पाएको र कुल लगानी ६२ अर्ब रहेको बताउँदै महाधिवेशन बढी प्राथमिकतामा परेको उनले बताए ।

प्रतिकृया दिनुहोस्