News Portal

वडा नं. ७ मा सडक किनारामा पर्ने मापदण्ड बिपरित बनेका संरचना भत्काइयो कानुन सम्मत काम गर्न पछि पर्दीन : अध्यक्ष आचार्य

वडा नं। ७ मा मापदण्ड बिपरित बनेका संरचना भत्काइयो

फेवाखबर संवाददातापोखरा ।
३१९ पटक
पोखरा ।

पोखरा, १६ चैत ।पोखरा महानगरपालिका वडा नं. ७ ले सडक किनारामा पर्ने मापदण्ड बिपरित बनेका संरचना भत्काएको छ । आज शान्तिनगर बराल पेट्रोलपम्प देखि हेप्पी बोर्डिङ स्कुल सम्म १२० मिटर शिव मार्गको २८ फिट चैडाइमा पर्ने घर, पर्खाल लगायतको संरचना भत्काएको हो । कार्यक्रम वडा अध्यक्षको संयोजकत्व, महानगरको प्राबिधिक सहयोगमा नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, नागरिक समाज र स्थानीयहरुको सक्रियतामा भएको हो । वडाले सोमबार स्थानीयहरुसंग बैठक बसि हटाउने निर्णय गरेको वडा अध्यक्ष राममोहन आचार्यले बताए । अध्यक्ष आचार्यले भने -” बिगतका बर्षहरुमा पनि यो बाटोको स्तरोन्नतिको लागि बजेट बिनियोजन गर्ने गरेको थियो तर काम हुन सकेको थिएन । यस बर्ष उक्त बाटो मैले प्राथमिकतामा राखेको थिए । अब यो बाटो स्तरोन्नति गर्न सके यो बर्षको सफल हुनेछ । यसका लागि ४५ लाख छुटाइएको छ । ” स्थानीयहरुका अनुसार बिगतका बर्षमा यसरी वडाबाट मापदण्ड बिपरितका संरचना भताकाइने भन्दै पत्र काटिए पनि काम भने हुन सकेको थिएन । अहिलेको अध्यक्षले कामनै गरेर देखाएको भन्दै प्रसंशा समेत गरेका छन । यस्तै अध्यक्ष आचार्यले सहि काम गर्दा केहि अवरोध आए पनि कानुन सम्मतका काम गर्न पछि नहट्ने र कानुन बिपरितका काम गर्नेलाई दण्डसजाय वा कार्वाही गरि निरुत्साहित गर्ने बताए ।

प्रतिकृया दिनुहोस्