News Portal

पोखरा महानगरपालिकाले माग्यो ४८ जना नगर प्रहरी

पोखरा महानगरपालिकाले माग्यो ४८ जना नगर प्रहरी

फेवाखबर संवाददातापोखरा , १२ चैत ।
२६५ पटक
पोखरा , १२ चैत ।

पोखरा महानगरपालिकाले करारमा पदपूर्ति गर्ने गरी ४८ जना नगर प्रहरी माग गरेको छ ।

महानगरले आइतबार एक सूचना जारी गर्दै खुलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एक जना गरी ४८ जना नगर प्रहरीको लागि दरखास्त आव्हान गरेको हो ।

नगर प्रहरीमा भर्ना हुन् चाहने योग्य उम्मेदवारहरुलाई चैत २७ गतेभित्र दरखास्त दिन महानगरले आग्रह गरेको छ । नगर प्रहरीमा भर्ना हुनका लागि न्युनतम १० कक्षा उतिर्ण भएको हुनुपर्नेछ ।

महानगरका अनुसार १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका व्यक्ति र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेका शारीरिकरुपमा तन्दुरुस्त व्यक्तिले दरखास्त दिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्